
जनस्वास्थ्य सरोकार, काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले त्रिवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज बिहान अस्पताल पुग्नुभएको थियो । उपराष्ट्रपति यादवले राष्ट्रपति पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।
पेट दुख्ने समस्या देखिएपछि शनिबार अस्पताल भर्ना हुनुभएका राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ । अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।
यसअघि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालगायतले अस्पतालमा भेटेर राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

