
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरुको जीवन बचाउन आफूले गर्नसक्ने सबैकुरा दान गर्ने मानिसको खाँचो रहेको बताउनुभएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय आलोनगरमा युवा संघ नेपाल केन्द्रिय निर्वाचन आयोगले स्टालीन जयन्तीको अवसरमा आयोजित रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले मानव जातिको लागि रगतको आवश्यक्ता महत्वपूर्ण रहने बताउनु भयो । उहाँले अरु कसैको जीवन बचाउनका लागि आफूले सक्ने शरीरका सबै अंगहरु दान गर्न सक्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मानव जीवनको लागि रगत अत्यन्त आवश्यक छ । रगत दान मानिसको प्राण जोगाउने माध्यम हो । रगत दिएर अरुको ज्यान बच्नसक्छ, आयु लम्बिन सक्छ । शरीरका कुनैपनि अंगहरु दान गर्न तयार छु भन्ने मानिसको खाँचो छ ।’
अध्यक्ष नेपालले सो अवसरमा रक्तदानका लागि उपस्थित युवाहरुलाई रक्तदानका लागि अपिलसमेत गर्नुभएको थियो ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
