
जनस्वास्थ्य सरोकार, जर्मनीको राजधानी बर्लिनको एक अस्पतालमा आइतबार राति भएको आगलागीमा परी चार जना गम्भीर घाइते भएका छन् । आगजनी सुरु गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरिएको छ ।
जर्मनीको राजधानी बर्लिनस्थित क्लिनिकुम अम अर्बनको तेस्रो तल्लामा लागेको आगो सोमबार बिहान नियन्त्रणमा लिइएको छ । तीन जना बिरामी र एक नर्स गम्भीर घाइते भएका छन् । लिफ्टमा फसेका एक घाइते धुवाले निस्सासिएर विरामी परेका थिए ।
भवनभरी धुवाँ फैलिएपछि ४० जनालाई सुरक्षित स्थानमा सारिएको थियो ।
प्रहरीका अनुसार मध्यरातमा ४८ वर्षीय एक व्यक्तिले अस्पतालका दुई शैयामा आगजनी गरेपछि आगलागी सुरु भएको देखिन्छ । आक्रमणमा सम्लग्न उनलाई अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा लिइएको छ । एजेन्सी
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

