
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले नेपालको स्वास्थ्य क्षेत्रका लागि २ करोड ५० लाख अमेरिकी डलर (करिब ३ अर्ब २७ करोड रुपैयाँ) को परियोजना शुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको साझेदारीमा ”स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष वित्तीय प्रबन्ध परियोजना” शुरु गरिएको हो ।
परियोजनाले दसौँ लाख नेपालीको स्वास्थ्य सुधारका निम्ति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय र सोही प्रदेशका तीन स्थानीय सरकारहरू (गुराँस गाउँपालिका, वीरेन्द्रनगर नगरपालिका र भेरीगङ्गा नगरपालिका) लाई वित्तीय सहायता प्रदान गर्नेछ ।
यसले नेपालीहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच दिलाउन नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२२–२०३० का लक्ष्यहरू हासिल गर्न सरकारलाई सहयोग गर्ने जनाइएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

