
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिको अध्यक्ष पदमा डा. विजयराज न्यौपाने नियुक्त हुनुभएको छ । उहाँ सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत हुनुहुन्थ्यो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ ।
नवनियुक्त अध्यक्ष डा न्यौपानेले अस्पताललाई क्यान्सरसम्बन्धी थप जनचेतना जगाउने, उपचार गर्ने, अध्यापन गराउने अनुसन्धानसँगै क्यान्सरको क्षेत्रमा देशकै मुख्य थलोका रूपमा विकास गर्ने जानकारी दिनुभयो।
उहाँले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसबाट विसं २०३७ मा हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी छ वर्ष चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सेवा गरेका छन् ।
विसं २०४३ मा तत्कालीन सोभियत सङ्घको युक्रेनमा उनले त्यहाँको एमडी (यहाँको एमबिबीएस सरह) अध्ययन गर्नुभयो । विसं २०५० मा एमडी (यहाँको एमबिबीएस सरह) को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाउनुभयो । डा न्यौपानेले परिवार नियोजन सङ्घमा छ वर्ष सेवा गरेका थिए ।
उहाँले विसं २०५६ मा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरुआत गरेका थिए । विसं २०५७ मा विपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (विपीकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एन्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताउनुभयो । विसं २०६० मा एमडी उत्तीर्ण गरी त्यसपछिको उहाँ विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत छन् ।
क्यान्सर अस्पतालमा विभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभवपछि अवकाश पाएका डा न्यौपाने क्यान्सर अस्पतालमा रहँदा हस्पिस एन्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गरेका थिए । रासस
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
