
जनस्वास्थ्य सरोकार, काठमाडौं । काभ्रेपलाञ्चोकको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बनेपामा पछिल्लो केही वर्षदेखि जिल्लामा आयुर्वेद स्वास्थ्योपचार सेवा लिनेको सङ्ख्या बढ्दै गएको छ ।
विशेषगरी कोभिड–१९ सङ्क्रमणपछि आयुर्वेद स्वास्थ्योपचार सेवातर्फ आकर्षण बढेको हो।
केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका आयुर्वेद उपचार सेवा केन्द्रमार्फत ५० हजार एक सय बिरामीले सेवा लिएका थिए।
अघिल्लो आवमा ४२ हजार ३८ बिरामीले सेवा लिएका थिए। केन्द्रका प्रमुख डा बसंवदम्बा कौडिन्यायनीले नेपालमा कोरोना सङ्क्रमणपछि आयुर्वेद उपचार लिनेको सङ्ख्या बढेको बताउनुभयो।
“चालु आवमा पनि सेवा लिने विगतभन्दा दोब्बर बढ्ने देखिएको छ”, उहाँले भन्नुभयो। चालु आवमा हालसम्म बनेपा सेवा केन्द्रबाट मात्रै १५ हजार जनाले सेवा लिइसकेका छन्।
जिल्ला स्वास्थ्य केन्द्र बनेपा, धुलिखेल आयुर्वेद औषधालय, मङ्गलटार, दाप्चा, बालुवा आयुर्वेद औषधालय, नागरिक आरोग्य केन्द्र भुम्लु, बेथानचोक, मण्डननेउपुर र पनौतीमार्फत बिरामीलाई आयुर्वेद उपचार सेवा प्रदान गरिएको डा कौडिन्यायनीले बताउनुभयो ।
उहाँले भन्नुभयो “केन्द्र, विभिन्न स्थानमा रहेका आयुर्वेद औषधालय तथा नागरिक आरोग्य सेवा केन्द्रमार्फत जिल्लामा रहेका बिरामीलाई उपचार सेवा प्रदान गरिँदै आएको छ।”
आयु्र्वेद उपचार सेवाअन्तर्गत जिल्लामा बहिरङ्ग सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम, पूर्वकर्म, स्तनपायी आमा, योग सेवा, निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर, स्वास्थ्य जीवन कार्यक्रम तथा ल्याब सेवा प्रदान गर्दै आएको छ। औषधालय र आरोग्य केन्द्रले ल्याबबाहेकका सेवा प्रदान गर्दै आएका छन्।
यसैगरी केन्द्रमार्फत मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम पनि समावेश गरिने भएको छ। डा कौडिन्यायनीका अनुसार नसर्ने रोगसम्बन्धी जाँच निःशुल्क गरिने छ। बनेपामा ५० शय्याको आयुर्वेद अस्पताल निर्माणका लागि पाँच करोड विनियोजन भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत आएको उक्त बजेटबाट प्रारम्भिक चरणमा २५ शय्याबाट सेवा प्रदान गरिने र क्रमशः ५० शय्याको अस्पताल बनाइने बनेपा नगरप्रमुख शान्तिरत्न शाक्यले जानकारी दिनुभयो ।
अस्पतालका लागि बनेपा नगरभित्र जग्गा व्यवस्थापन गरिनेछ। काभ्रेपलाञ्चोकमा केही महिनाअघि जिल्ला नागरिक आरोग्य समिति पनि गठन गरिएको छ।
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

