
जनस्वास्थ्य सरोकार, काठमाडौँ । ०७८ सालमा नेपालका मेडिकल कलेजहरूले जम्मा २३६ जना मात्रै विदेशी विद्यार्थी भर्ना गर्न सके । देशभरका सबै मेडिकल कलेजहरूमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीलाई ५५७ सिट छुट्टयाइएको थियो । बीएमएस, बीडीएस, बीएनएस एडल्ट नर्सिङ, बीएनएस कम्युनिटी नर्सिङ, बीएनएस क्रिटिकल केयर, बीएनएस पेडियाट्रिक नर्सिङ, अप्टोमेट्री, बीपीएच, बिफार्म, बीपीटीमा विदेशी कोटामा विद्यार्थी भर्ना सून्य छ ।
चिकित्सा शिक्षा आयोगअन्तर्गत नेपालमा मेडिकल शिक्षाका १४ वटा विषय सञ्चालित छन् । त्यसमध्ये एमबीबीएस अध्ययनका लागि मात्र विदेशी विद्यार्थी नेपाल आउने गरेका छन् ।
नेपाली विद्यार्थीको हकमा एकीकृत परीक्षा प्रणाली सहज भए पनि विदेशी विद्यार्थीको हकमा सहज नहुन सक्छ । त्यसमाथि नेपालमा एमबीबीएस र एमडीको भर्ना कहिले खुल्छ, कहिले परीक्षा हुन्छ निश्चित ठेगान हुँदैन । यस विषयमा आयोगले समयमै ध्यान दिन नसके आउँदा वर्षहरूमा विदेशी विद्यार्थीहरू अझै घट्न सक्ने नेपाल मेडिकल कलेजका सञ्चालक वशुरुदिन अन्सारी बताउनुहुन्छ ।
भारतमा सन् २०२२ मा एमबीबीएस अध्ययनका लागि ९६ हजार सिट थपियो । सरकारले हरेक मेडिकल कलेजलाई ‘डबल सिफ्ट’ चलाउने अधिकार दियो । द्धन्द्धका कारण युक्रेनमा एमबीबीएस अध्ययनका लागि विद्यार्थी जान नपाएपछि भारत सरकारले यो निर्णय गरेको हो ।
हाम्रो देशमा पनि मेडिकल कलेजको सिट संख्या बढाएर ‘डबल सिफ्ट’मा मेडिकल शिक्षा अध्ययन गर्ने अनुमति दिनसके स्वदेशी र विदेशी विद्यार्थीका लागि नेपाल आकर्षणको केन्द्र बन्न सक्ने चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिशचन्द्र न्यौपाने बताउनुहुन्छ । साथै, नेपाललाई मेडिकल एजुकेशन टुरिजमको रूपमा विकास गर्न मद्दत मिल्ने उहाँको भनाइ छ ।
नेपालमा एमबीबीएस अध्ययनका लागि प्रतिष्ठान, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित २१ वटा मेडिकल कलेज छन् । हरेक वर्ष एक हजार ८९५ जना विद्यार्थी एमबीबीएस अध्ययनमा भर्ना हुने गर्छन ।
| क्र.सं | संख्या | कुल सिट संख्या |
| १. | इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) | १०० |
| २. | बीपी कोइराला इन्स्ट्च्यिुट अफ हेल्थ साइन्सेस (बीपीकेएचआइएस) | १०० |
| ३. | कर्णाली एकेडेमी अफ हेल्थ साइन्स, कर्णाली | ३० |
| ४. | पाटन एकेडेमी अफ हेल्थ साइन्सेस (पीएएचएस) पाटन | ६५ |
| ५. | नेप्लिज आर्मी इन्स्ट्च्यिुट अफ हेल्थ साइन्सेस | १०० |
| ६. | मणिपाल मेडिकल कलेज अफ मेडिकल साइन्सेस, कास्की | १०० |
| ७. | कलेज अफ मेडिकल साइन्सेस, भरतपुर | १०० |
| ८. | काठमाडौँ स्कुल अफ मेडिकल साइन्सेस | १०० |
| ९. | नेपाल मेडिकल कलेज, जोरपाटी | १०० |
| १०. | काठमाडौँ मेडिकल कलेज, काठमाडौँ | १०० |
| ११. | विराट मेडिकल कलेज, विराटनगर | १०० |
| १२. | देवदह मेडिकल कलेज शिक्षण अस्पताल, देवदह | ५० |
| १३. | किष्ट मेडिकल कलेज, इमाडोल | १०० |
| १४. | चितवन मेडिकल कलेज, भरतपुर चितवन | १०० |
| १५. | गण्डकी मेडिकल कलेज, पोखरा | १०० |
| १६. | नेशनल मेडिकल कलेज, वीरगंज | १०० |
| १७. | यूनिभर्सल मेडिकल कलेज, भैरहवा | १०० |
| १८. | जानकी मेडिकल कलेज, जनकपुर | ५० |
| १९. | नेपालगञ्ज मेडिकल कलेज १०० | १०० |
| २०. | लुम्बिनी मेडिकल कलेज | १०० |
| २१. | नोवेल मेडिकल कलेज | १०० |
एउटा विदेशी विद्यार्थीले एमबीबीएस अध्ययनका लागि सरदर ७५ हजार अमेरिकी डलर अर्थात् एक करोड नेपाली रूपैयाँभन्दा बढी तिर्ने गर्छ ।
हरेक वर्ष एक हजार विदेशी विद्यार्थीलाई नेपालमा मेडिकल शिक्षाका लागि बाटो खुलाउने हो भने उनीहरूबाट करोडौं डलर नेपाल भित्रिन्छ । जसले नेपालको अर्थतन्त्र, मेडिकल शिक्षा र पर्यटन तीनै क्षेत्रको विकासमा टेवा पुग्छ । खस्कँदो अर्थतन्त्र उकास्न र विदेशी डलर भित्र्याउन एउटा बलियो आधार बन्नसक्छ मेडिकल शिक्षा ।
नेपाली विद्यार्थीका लागि शुल्क
| कार्यक्रम | शुल्क (रूपैयाँ) |
| एमबीबीएस (उपत्यकाभित्र) | रू. ४१,६८,०९० |
| एमबीबीएस (उपत्यका बाहिर) | रू. ४५,९५,७२० |
| बीडीएस | रू.२०,९२,२९० |
| बीएस्सी नर्सिङ | रू.१०,३६,००० |
| बी फार्मेसी, बीपीएच, ब्याच्लर इन अप्टोमेट्री, बी.पर. टेक, बी.ए.एस.एल.पी., बी.पी.टी., बीएस्सी एम.आई.टी., बीएस्सी एम.एल.टी., ब्याच्लर इन मेडिकल माइक्रोबायोलोजी, ब्याच्लर इन मेडिकल बायोकेमेष्ट्री | रू.७,७७,००० |
| बी.ए.एम.एस. | रू.११,३१,९३० |
| बी.एन.एस./पी.बी.एन. | रू.५,१८,००० |
| डिप्लोमा इन फार्मेसी |
विदेशी विद्यार्थी ल्याउँदा सन्तुष्टि मिल्छ

सञ्चालक, वाइड रेञ्ज कन्सल्टेन्सी
भारतलगायतका देशमा मेडिकल शिक्षा अध्ययनका लागि नेपाली विद्यार्थी पठाउँदा खासै सन्तुष्टि मिलेन । यही कारण सन् २०१६ देखि विदेशी विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि नेपाल ल्याउन थालेँ । यही वर्ष सबैभन्दा बढी एमबीबीएस अध्ययन गर्ने विद्यार्थी ल्याउन सफल पनि भएँ ।
अहिले पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेस, चितवनको कलेज अफ मेडिकल साइन्सेस र चितवन मेडिकल कलेज, पाल्पाको लुम्बिनी मेडिकल कलेज, काठमाडौंको काठमाडौं मेडिकल कलेज, विराटनगरको नोबेल मेडिकल कलेजसँग आबद्ध रहेर काम गरिरहेको छु । यसवर्षदेखि बंगलादेशमा पनि प्रचारप्रसार गर्न थालेका छौँ ।
सन् २०२३ मा चीन, भुटान, बंगलादेश, संयुक्त राज्य इमिरेट्सलगायत १० देशबाट एमबीबीएस अध्ययन गर्ने विद्यार्थी ल्याउने लक्ष्य छ ।
भारत, बंगलादेशगायतका देशमा विद्यार्थी पठाउँदाभन्दा ती देशबाट विद्यार्थी ल्याउँदा सन्तुष्टि प्राप्त हुने रहेछ । विदेशी विद्यार्थीका लागि छुट्याइएको सिटमा न्यून भर्ना भइरहेको अवस्थामा विदेशी विद्यार्थी किन नल्याउने भनेर काम गरिरहेका छौं ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
