जनस्वास्थ्य सरोकार, काठमाडौं । हरेक वर्ष अप्रील ७ मा मनाइने विश्व स्वास्थ्य दिवस ‘सबैका लागि स्वास्थ्य’ भन्ने मुल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमका साथ बनाइँदै छ ।

विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ मा डब्लुएचओ आवद्ध १ सय ७४ राष्ट्रमा यो दिवस मनाउने गरिन्छ ।
स्वास्थ्य प्रवद्र्धन, गुणस्तरीय, पहुँचयोग्य र सुरक्षित स्वास्थ्य सेवाप्रति सचेत गराउने उद्देश्यका साथ यो दिवस मनाइँदै आएको छ ।
सन् १९४८ मा स्थापना भएको डब्लुएचओको ७५ औं वार्षिकोत्सव हो । नेपाल सन् १९५३ मा डब्लुएचओको सदस्य राष्ट्र भएको थियो । विश्वमा १ करोड ३०लाख मानिसको वातावरणद्धारा उत्पन्न समस्याका कारण मृत्यु हुने गरेको डब्लुएचओले जनाएको छ ।
जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य संकटको सामना गर्नुपर्ने अवस्था रहेको डब्लुएचओले उल्लेख गरेको छ । विश्वमा कोराना महामारीको चुनौतिसँगै प्रदुषित वातावरणका कारण हुने क्यान्सर, दम, मुटुरोग, जस्तो चुनौति छन् ।
सबै नागरिकमा स्वच्छ खानेपानी तथा सरसफाई, खाद्य सुरक्षा, स्वच्छ र स्वस्थ वातावरण सुनिश्चित गर्दै सर्वसुलभ स्वास्थ्य सेवामा सबैको समान पहुँच पु¥याउन नेपाल सरकारले निरन्तर चुनौतीको सामना गरिरहेको छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

