जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन प्रयत्न भइरहेको बताउनुभएको छ । विश्व स्वास्थ्य दिवस २०२३ का अवसरमा आज प्रधानमन्त्री दाहालले भिडियो सन्देशमार्फत सो कुरा बताउनुभएको हो ।

स्वास्थ्य संरचनाको सुदृढिकरण, जनशक्ति व्यवस्थापन र सामुदायिक स्वास्थ्यको प्रवद्र्धन गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ मा डब्लुएचओ आवद्ध नेपाल लगायत १ सय ७४ राष्ट्रमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘सबैका लागि स्वास्थ्य’ भन्ने रहेको छ । सन् १९४८ मा स्थापना भएको डब्लुएचओको ७५ औं वार्षिकोत्सव हो । नेपाल सन् १९५३ मा डब्लुएचओको सदस्य राष्ट्र भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३
‘लेट्स ब्रेक इट’ अभियानः २०३० सम्म हेपाटाइटिस सी उन्मूलनको लक्ष्यमा नेपाल-डा. सर्वेश शर्मा
मंगलबार, साउन १२, २०८३
निजी मेडिकल शिक्षण संस्थामा नयाँ सिट थप नगरिनेः प्रा.डा. गोविन्द केसीले तोडे अनशन
सोमबार, साउन ११, २०८३ट्रेन्डिङ
६


