जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय बनाउन प्रयत्न भइरहेको बताउनुभएको छ । विश्व स्वास्थ्य दिवस २०२३ का अवसरमा आज प्रधानमन्त्री दाहालले भिडियो सन्देशमार्फत सो कुरा बताउनुभएको हो ।

स्वास्थ्य संरचनाको सुदृढिकरण, जनशक्ति व्यवस्थापन र सामुदायिक स्वास्थ्यको प्रवद्र्धन गर्न जरुरी रहेको उहाँको भनाइ छ ।
विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ मा डब्लुएचओ आवद्ध नेपाल लगायत १ सय ७४ राष्ट्रमा यो दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘सबैका लागि स्वास्थ्य’ भन्ने रहेको छ । सन् १९४८ मा स्थापना भएको डब्लुएचओको ७५ औं वार्षिकोत्सव हो । नेपाल सन् १९५३ मा डब्लुएचओको सदस्य राष्ट्र भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बी एन्ड बी अस्पतालमा ‘एकेबी लिम्ब फिटिङ सेन्टर’ उद्घाटन
सोमबार, माघ १२, २०८२
छैठौँ एपोन फुटसल कप २०२६ को उपाधि एसियन फर्मास्युटिकल्सलाई
शनिबार, माघ ३, २०८२ट्रेन्डिङ



