
जनस्वास्थ्य सरोकार, ललितपुर । क्यान्सर विजेताहरुको तेस्रो क्यान्सर सर्भाइवर ‘र्याम्प शो’ सम्पन्न भएको छ । नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजना तथा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा शुक्रबार तेस्रो ‘र्याम्प शो’ सम्पन्न भएको हो ।
क्यान्सर उपचारपछि पूर्णतया ठीक हुन्छ र मानिस पहिलेजस्तै हुन्छ भन्ने आत्मबल देखाउन ‘र्याम्प शो’ आयोजना गरिएको कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा क्यान्सरलाई आठ पटकसम्म पराजित गर्ने व्यक्तिसहित विभिन्न उमेरका ६० जना बढी क्यान्सर विजेताहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले क्यान्सरको उपचार नेपालमै सस्तो, गुणस्तरीय र सुलभ रूपमा हुने गरेको बताउनुभयो ।
उहाँले नेपालमा क्यान्सरको उपचार गर्न सबैलाई प्रेरणा दिनुपर्ने बताउँदै क्यान्सर उपचारपछि निको हुन्छ भनेर जनचेतना जगाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ चिकित्सक, नर्स, क्यान्सर जितेका व्यक्तिलगायतले ‘र्याम्प शो’ गर्नुका साथै नृत्य गरी गीत पनि गाएका थिए।
ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा उक्त शो आयोजना भएको थियो । यसअघि पनि नेपाल क्यान्सर सर्पोट ग्रुपले दुई पटक नेपाल क्यान्सर हस्पिटलसँगको सहकार्यमा र्याम्प शो सम्पन्न गरिसकेको छ ।
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
