जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको धुम्बराहीस्थित ह्याम्स अस्पतालको हेलिप्याडमा अवतरणको क्रममा एयरडायनाष्टिको नाइन एन जे डी हेलिकप्टरको पुच्छरमा क्षति पुगेको छ ।

भरतपुरबाट बिरामी ल्याउन चिकित्सकसहितको टोली लिएर जान ह्याम्समा आएको सो हेलिकप्टर अस्पतालको हेलिप्याडमा अवतरणका क्रममा पछाडिको पुच्छरको पंखा (टेल रोटर) खुस्किएको थियो ।
तर कुनै पनि मानवीय क्षति भएको छैन ।
अस्पतालका अध्यक्ष आर.एस.भण्डारीले बिरामी लिन ह्याम्समा आएको हेलिकप्टर अवरण पश्चात् पुच्छरको पंखा (टेल रोटर) उछिटिको बताउनुभयो । सो हेलिकप्टर मर्मत सम्भारपश्चात् लैजाने उहाँले जानकारी गराउनुभयो ।
हेलिकप्टर अहिले अस्पतालको हेलिप्याडमा नै छ र थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।
सो हेलिकप्टरको पुच्छरको पंखा किन खुस्कियो भन्ने कुरा अनुसन्धानको विषय बनेको छ ।
बिरामी लिन अर्को हेलिकप्टर पठाइएको थियो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

