
नेपालमा भएका सबै इमेजिङ थेरापेटिक मेसिन आयातित नै हुन् । विदेशमा उत्पादन हुने यी मेडिकल उपकरणमा हरेक वर्ष रिसर्च एण्ड डेभलप्मेन्ट(आरएनडी)मार्फत संशोधित भर्सनमा विकास गरिरहेका हुन्छन् । जसले गर्दा डायग्नोसिसमा अहम् भूमिका खेलेको हुन्छ । नयाँ टेक्नोलोजी, नयाँ आर्टिफिसियल इन्टेलिजेन्सहरूले परम्परागत प्रविधिलाई प्रतिस्थापन गरिरहेका हुन्छन् ।
नेपालका सरकारी वा निजी अस्पतालहरूमा मेसिन आयातपछि उचित उपयोग, अपरेशन र मर्मत सम्भारको अभाव थियो । हामी यो क्षेत्रमा आइसकेपछि आफ्नो नयाँ भर्सनका मेसिन बारे अध्ययन गरेर उचित अनुकुलन र उपयोगितालाई व्यवहारमा उतार्न थालेका छौं ।
यसबारे उपकरण प्रयोकर्ताहरूलाई तालिम दिने गर्छौ । बेलाबेलामा मेसिनको हेरचाह ( फलो–अप भिजिट) गरेर विश्वस्तरीय इमेजिङ सेवा उपलब्ध गराउन मद्दत गर्छाैं ।
हामी मेसिन बनाउने कम्पनीहरूसँग पनि सहकार्य गरेर नयाँ प्रविधिको विषयमा अपडेट भइरहन्छौं । यसबाट नेपालमा क्लिनिकल निदानका लागि महत्वपूर्ण भूमिका खेलिरहेको छ । सरकारी मापदण्डअनुसार एक सयदेखि तीन सयसम्म बेड क्षमताका अस्पतालका लागि १२८ स्लाइस सिटी स्क्यान एक थान र सुपर कन्डक्टिङ एमआरआई एक थान अनिवार्य गरिएको छ । हरेक अस्पतालमा २ सय वेड थपिदै जाँदा प्रत्येकमा यी उपकरणहरु एक एक थान बढाउँदै जानुपर्छ ।
स्वास्थ्य मन्त्रालयले कोभिड महामारीपछि क्यान्सरलगायतका रोग निदानका लागि अत्याधुनिक इमेजिङ मोडालिटीहरू आपूर्तिमा बजेट बढाएको छ । यसको माग पनि बढिरहेको छ । विगतका वर्षहरूमा यस्ता मेसिन एक दुई वटा मात्रैको टेन्डर आह्वान हुने गरेकोमा अहिले हरेक वर्ष कम्तीमा पनि ५ देखि ६ वटा एमआरआई मेसिनको माग भइरहेको छ । थ्री टेस्ला एमआरआईको माग पनि बढेको छ ।
विगतमा हरेक वर्ष तीन चारवटा सिटी स्क्यानको टेन्डर आह्वान हुनेमा अहिले वार्षिक १० देखि १५ वटा टेन्डर आह्वान हुने गरेको छ । स्वास्थ्य विभाग आपूर्ति महाशाखाले एकैपटक ४—५ वटा अस्पताललाई सामान उपलब्ध गराउने गरी टेन्डर आह्वान गरिरहेको छ ।
नेपालमा कति छन् इमेजिङ मेसिन ?
नेपालमा हाल एमआरआई (पर्मानेन्ट म्याग्नेट र १.५ टेस्ला) करिब ३० वटा, एमआरआई (थ्री टेस्ला) १० वटा, सिटी स्क्यान १४० वटा, म्यामोग्राम ( फूल डिजिटल, हाइब्रिड डिजिटल र एनालग) ३७ वटा र पेट स्क्यान ३ वटा रहेका छन् ।
रेडियो इमेजिङ सेवाको पहुँच
नेपालको सन्दर्भमा ठूला र सुविधासम्पन्न अस्पतालहरू सहर केन्द्रित छन् । तिनहरूमध्ये पनि केही अस्पतालले मात्रै आधुनिक रेडियोलोजिकल उपकरण खरिद गर्न सक्छन् । तर विकेन्द्रिकृत स्वास्थ्य संस्थाहरूले यस्ता उपकरणहरू खरिद गर्न सक्दैनन् । यति मात्रै नभइ यस्ता संस्थामा दक्ष जनशक्तिको पनि अभाव छ । तर पछिल्लो समय प्राय प्रादेशिक अस्पतालमा एमआरआई र सिटी स्क्यान राख्ने क्रम बढ्दो छ । कतिपयले पुराना उपकरण प्रतिस्थापन गरेका छन् ।
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
