
जनस्वास्थ्य सरोकार, भद्रपुर, झापा । पछिल्लो समय कोरोनाको संक्रमण बढेसँगै पूर्वी सीमा नाका काँकडभिट्टामा स्वास्थ्य सुरक्षा सतर्कता बढाइएको छ ।
नाकामा भारतबाट नेपाल प्रवेश गर्ने मानिसहरूलाई स्वाब परीक्षण गरेरमात्र प्रवेश दिन थालिएको छ ।
काँकडभिट्टा नाकामा हाल दैनिक सयभन्दा बढी मानिसको स्वाब परीक्षण भइरहेको नाकाका सञ्चालनमा रहेको हेल्प डेस्ककी ल्याब असिस्टेन्ट रक्षा देउजाले बताउनुभयो ।
दुई महिनाभन्दा बढी भारतमा काम गरेर फर्किएका नेपालीहरू, नेपालमा विभिन्न काम गर्न आउने भारतीय नागरिक, भुटान र बङ्गलादेशबाट नेपाल प्रवेश गर्ने नागरिकलाई शङ्का लागे स्वाब टेस्ट गरिने उहाँले बताउनुभयो ।
नाकामा सुरक्षाकर्मीले नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य स्थिति बारे सोधपुछ गर्ने र नागरिकता लगायतका परिचय पत्र हेरेर नेपाल प्रवेश गर्न दिइरहेको बताइएको छ ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयबाट खटिनुभएकी देउजाले कर्मचारी अभाव भएकोले स्थानीय मेचीनगर नगरपालिकासँग थप कर्मचारी माग गरेको बताउनुभयो । नाकामा हाल स्वास्थ्य चेक जाँचका लागि प्रदेशबाट १, स्वास्थ्य कार्यालय झापाबाट २ र मेचीनगर नगरपालिकाबाट ४ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।
नेपालमा पनि कोरोना सङ्क्रमणको नयाँ भेरियन्ट फेला पर्न थालेपछि पूर्वी नाका काँकडभिट्टामा स्वास्थ्य सुरक्षा सतर्कता बढाइएको हो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
