
जनस्वास्थ्य सरोकार, गजुरी । धादिङको गजुरी गाउँपालिकामा ५ सय भन्दा बढी स्थानीयबासीले निःशुल्क स्वास्थ्य शिविरबाट लाभ लिन सफल भएका छन् ।
काठमाडौँको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको प्राविधिक सहयोग र धादिङको आदर्श स्कुल्स स्टुडेन्टस् एल्मुनाई (एएसएसए) सहकार्यमा चैत २५ गते आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरबाट स्थानीयबासीले सो लाभ लिएका हुन् ।
शिविरमा स्त्री तथा प्रसुति रोग, मुटुरोग, मानसिक रोग, नाक कान एवं घाँटी रोग र जनरल फिजिसियन सेवा, इसिजी सेवा साथै निशुल्क औषधि वितरण गरिएको थियो ।
स्पतालका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. श्री प्रसाद अधिकारी, डा. इच्छा उप्रेती, मनोचिकित्सक डा. रमन कोइराला, नाक कान घाँटीरोग विशेषज्ञ डा. सुस्मा भटृचन, मुटुरोग विशेषज्ञ डा. मुकुन्द शर्मा, जनरल फिजिसियन डा. निशान्त ढकाल र डा. आरोग्य न्यौपाने लगायतका चिकित्सक टोलीले सेवा प्रदान गर्नुभएको थियो ।

त्यसैगरी शिविरमा अस्पतालका मानसिक रोग विशेषज्ञ डा. रमन कोइरालाद्धारा विभिन्न उमेर समूहका विद्यार्थीहरुलाई जनचेतना मुलक अन्तरक्रिया कार्यक्रमसञ्चालन गरिएको थियो ।
अस्पतालले सामाजिक दायित्व अन्तर्गत देशका विभिन्न ठाउँमा विशेषज्ञ चिकित्सक सहितको निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ ।

नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
