
जनस्वास्थ्य सरोकार, चितवन। चितवनको भरतपुर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालको ६७औं वार्षिकोत्सवका अवसरमा नयाँ वर्षसँगै ती सेवा विस्तार गर्न लागिएको हो ।
अस्पतालमा पीआईसीयू, सीसीयू र बर्न युनिट थप गरिँदैछ भने आईसीयू र एनआईसीयू सेवा विस्तार गरिँदैछ ।
अक्सिजन प्लान्ट थप गरिएको छ । अक्सिजन प्लान्ट बाहेकका सेवा नयाँ वर्षसँगै सञ्चालनमा आउने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
जन्मेको २८ दिनपछि १४ वर्षसम्मका बालबालिकालाई सघन उपचार आवश्यक परेमा राख्नका लागि अस्पतालमा पीआईसीयूको अभाव रहँदै आएकोमा ८ शय्याको सेवा सञ्चालनमा ल्याउन लागिएको हो । नवजात शिशुलाई एनआईसीयू र १४ वर्षमाथिकालाई आईसीयूमा राखेर उपचार गर्ने गरिन्छ ।
यसैगरी आगोले पोलेका बिरामीका लागि पहिलो पटक बर्न युनिट सञ्चालनमा ल्याउन लागिएको छ । ३ शय्याको बर्न युनिट सञ्चालनमा ल्याउन लागिएको हो । २० शय्या सञ्चालन हुँदै आएको आईसीयूलाई १० शय्या थप गरी ३० पुर्याइँदैछ ।
अस्पतालमा एनआरएनएको सहयोगमा अक्सिजन प्लान्ट पनि सञ्चालनमा आएको छ । यसअघि अस्पतालमा २ अक्सिजन प्लान्ट सञ्चालनमा छन् । भरतपुर अस्पताल संघीय अस्पताल हो । यहाँ कम जनशक्ति र उपकरणका कारण बिरामीले लामो समय पालो पर्खनुपर्ने बाध्यता छ ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
