
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपाल नर्सिङ परिषद्ले विशेषज्ञ नर्सको नाम दर्ताका लागि परीक्षा लिने भएको छ ।
परिषद्ले सूचना जारी गर्दै २०८० साल असारसम्ममा परीक्षमार्फत नाम दर्ता गर्ने निर्णय गरेको जनाएको छ ।
गएको मंसिर १८ गते बसेको परिषद्को बोर्ड बैठकले परीक्षा लिएर मात्र विशेषज्ञ नर्सको नाम दर्ता गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप परिषद्ले नाम दर्ताका लागि अनलाइन आवेदन खुला गर्ने र आवेदकहरुको परीक्षा लिएपश्चात् मात्रै लाइसेन्स दिइने सूचनामा उल्लेख छ ।
यसअघि, काउन्सिलले शैक्षिक प्रमाणपत्र तथा योग्यताको प्रमाण पुग्ने कागजातका आधारमा विशेषज्ञ नर्सको नाम दर्ता गर्दै आएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

