
जनस्वास्थ्य सरोकार, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले एक एक पाइला ठोकर्पा आधारभूत प्राथमिक अस्पताल सञ्चालनमा ल्याएपछि स्थानीय खुसी भएका छन्।
१६ हजारभन्दा बढी जनसङ्ख्या भएको सुनकोसीका स्थानीयले सामान्य रोग लाग्दा पनि धुलिखेल या काठमाडौँ पुग्नुपर्ने बाध्यता झेल्दै आएका थिए ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आफ्नै गाउँमा नै सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि यहाँका स्थानीय खुशी भएका हुन ।
लिफ्ट सहितको १५ शय्याको तीन वटा भवनमा २९ कोठा र १५ बेडसहित ३० जना बिरामी राख्ने क्षमता भएको अस्पतालमा दुई एमबीबीएस डाक्टरसहित, मेडिकल, एक्स-रे, ल्याब, इमरजेन्सी वार्ड, अपरेटिङ, माइनर, आँखा केन्द्र, इसीजी र अक्सिजन प्लान्टसहित दन्त सेवा जस्ता अत्यावश्यक प्राथामिक सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।
सरकारको नीति अनुसार १५ शय्याको अस्पताल सञ्चालन गरिएको र अस्पताल स्थापना भएपछि गाउँपालिकावासीलाई धेरै राहत मिलेको गाउँपालिकाका अध्यक्ष टपेन्द्र तिमल्सिनाले बताउनुभयो ।
स्वास्थ्य सेवामा पछाडि परेको सुनकोसीमा अस्पताल सञ्चालनमा आएपछि सिन्धुपाल्चोकको मात्र हैन छिमेकी जिल्ला काभ्रेपलान्चोकका सर्वसाधारणले पनि स्थानीयस्तरमै सुविधा पाएका छन् ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

