
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको वसुन्धरास्थित चिरायु अस्पताल र नेप्लिज फेशन होम (एनएफएच इभेन्टस) बीच स्वास्थ्य उपचार सम्वन्धी सम्झौता भएको छ ।
चिरायु अस्पतालका तर्फबाट निर्देशक सन्जिव राजभण्डारी तथा एनएफएच इभेन्टसका अध्यक्ष हेमा मानन्धरबीच स्वास्थ्य उपचार सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार नेप्लिज फेशन होमको सिफारिसमा चिरायु अस्पतालमा उपचार गर्न आउने बिरामीका लागि विभिन्न शीर्षकमा २५ देखि ५० प्रतिशतसम्म डिस्काउन्टको सुविधा पाउने छन् ।
त्यसैगरि चिरायू अस्पतालले बिरामीका लागि एम्बलेन्स सेवा निशुल्क उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।
नेप्लीज फेसन होमले लामो समयदेखि मिस नेवास्, मिस लिटिल नेवा, किड क्वीन आदि प्रतियोगितासहित विभिन्न सामाजिक कार्यक्रम गर्दै आइरहेको छ ।
चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल ईन्टिच्युटमा युरोलोजिष्ट र नेफ्रोलोजिष्ट विभागमा प्रा.डा. उत्तम कुमार शर्मा, अर्थोपेडिक विभागमा प्रा.डा.दिपक प्रकाश महरा, प्रा.डा. अर्जुनप्रसाद लामिछाने र सुनिलजंग थापा, मनोसामाजिक डा. पवन शर्मा र ग्यास्ट्रो अनुराग झा लगायतका अनुभवी दक्ष चिकित्सकबाट विभिन्न किसिमका सेवा उपलब्ध गराउँदै आएको छ ।
यसैबीच, चिरायू अस्पतालले दोलखा मच्छिन्द्रनाथको जात्रालाई मध्यनजर गर्दै केहि स्वास्थ्य किट तथा औषधी उपलब्ध गराएको छ ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
