
जनस्वास्थ्य सरोकार, काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी हुनुभएको छ ।
ढकालले ६१ मत प्राप्त गर्नुभएको छ भने अन्जन श्रेष्ठ प्यानलका मनिषलाल प्रधानले ५२ र रामचन्द्र संघई प्यानलका सुकुन्तलाल हिराचनले ७ मत प्राप्त गर्नुभएको छ ।
जिल्लानगर उपाध्यक्षमा रामचन्द्र संघई प्यानलबाट सुरकृष्ण वैद्य ४३ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । अन्जन श्रेष्ठ प्यानलबाट लड्नुभएका अजयराज सुमार्गीले ३७ मत र उमेशलाल समूहबाट उपाध्यक्ष लड्नुभएका दिनेश श्रेष्ठले ३४ मत प्राप्त गर्नुभएको छ ।
कार्यकारी समितिको वरिष्ठ उपाध्यक्षका उम्मेदवार नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अञ्जन श्रेष्ठ, क्वेष्ट फर्मास्यूटिकल्स प्रा.लि.का उमेशलाल श्रेष्ठ र त्रिवेणी स्प्रिनिङ मिल्स प्रा.लि.का सामचन्द्र संघई तीन प्यानल भित्र रहेर विभिन्न पदमा चुनाव भएको हो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

