जनस्वास्थ्य सरोकार, काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि चैत २८ गते भएको निर्वाचनको वस्तुगत सदस्यतर्फ भक्त हमाल विजयी हुनुभएको छ ।
हमालसहित १४ जना वस्तुगत सदस्यमा निर्वाचित भएका छन् ।

हमालले वस्तुगत सदस्यका लागि केमिकल एण्ड मेडिकल सर्जिकल सप्लायर्स एसोसियएसन अफ नेपाल (केमसान) को प्रतिनिधित्व गर्दै निर्वाचनमा भाग लिनुभएको थियो । हाल उहाँ केमसानको अध्यक्ष हुनुहुन्छ ।
महासङ्घको उपाध्यक्षमा हेमराज ढकाल, सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ विजयी भएसक्नुभएको छ भने वरिष्ठ उपाध्यक्षमा औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठसहित रामचन्द्र संघाइ र अन्जन श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

