नेभिगेशन

महासंघ निर्वाचनः वस्तुगत कार्यसमिति समदस्यमा केमसानका अध्यक्ष भक्त हमाल विजयी

जनस्वास्थ्य सरोकार, काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि चैत २८ गते भएको निर्वाचनको वस्तुगत सदस्यतर्फ भक्त हमाल विजयी हुनुभएको छ ।

हमालसहित १४ जना वस्तुगत सदस्यमा निर्वाचित भएका छन् ।

भक्त हमाल-अध्यक्ष - केमिकल एण्ड मेडिकल सर्जिकल सप्लायर्स एसोसियएसन अफ नेपाल (केमसान)

हमालले वस्तुगत सदस्यका लागि केमिकल एण्ड मेडिकल सर्जिकल सप्लायर्स एसोसियएसन अफ नेपाल (केमसान) को प्रतिनिधित्व गर्दै निर्वाचनमा भाग लिनुभएको थियो । हाल उहाँ केमसानको अध्यक्ष हुनुहुन्छ ।


महासङ्घको उपाध्यक्षमा हेमराज ढकाल, सुरकृष्ण वैद्य र ज्योत्सना श्रेष्ठ विजयी भएसक्नुभएको छ भने वरिष्ठ उपाध्यक्षमा औषधि उत्पादक संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठसहित रामचन्द्र संघाइ र अन्जन श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट