
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने व्यक्तिहरुलाई अवार्ड प्रदान गरिएको छ ।
यसवर्ष बेस्ट हेल्थ रिसर्चर अवार्डबाट डा. शिवराज मिश्र सम्मानित हुनुभएको छ । त्यस्तै बेस्ट ओरल प्रेजेन्टेसन अवार्डबाट विजय खत्री र बेस्ट पोस्टर प्रेजेन्टेसन अवार्डबाट सिता कोइराला सम्मनित हुनुभएको छ ।
त्यसैगरी मृगेन्द्र सम्झना मेडिकल ट्रष्ट युवा स्वास्थ्य अनुसन्धानकर्ता अवार्ड डा. रविनमान कर्माचार्यलाई प्रदान गरिएको छ । त्यस्तै मृगेन्द्र सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्च अवार्ड (एनएचआरसी स्टाफ क्याटागोरी) नमिता घिमिरेलाई प्रदान गरिएको छ ।
एनएचआरसीका कर्मचारीबाट बेस्ट परफरमेन्स अवार्ड परिषद्का मिन बहादुर घिसिङलाई प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथिका उपप्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले उहाँहरुलाई अवार्ड वितरण गर्नुभएको थियो ।
परिषद्ले यही चैत २८ र २९ गते ‘स्वास्थ्यका लागि अनुसन्धानः कार्यान्वयनका लागि तथ्य र अन्वेषण’ भन्ने नाराका साथ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको नवौं राष्ट्रिय शिखर सम्मेलन आयोजना गरेको थियो ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रका स्वदेशी तथा विदेशी वैज्ञानिकहरुले विभिन्न ७ विधाका १३७ वटा मौखिक प्रस्तुतिकरण र ६४ वटा पोष्टर प्रस्तुतिकरण गरेका थिए ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
