
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेको छ । बिहीबार १०६ संक्रमित थपिएका छन् । जसमा ५४१ पीसीआर परीक्षणबाट ६४ तथा ९४७ एन्टिजेन परीक्षणबाट ४२ संक्रमित थपिएका हुन् ।
बिहीबार ७४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी ३१ हजार ५५५ जनाले खोप लगाएका छन् ।
हाल पीसीआर परीक्षणबाट संक्रमित पुष्टि भएका सक्रिय संक्रमितको संख्या ४३५ रहेको छ ।
काठमाडौं उपत्यकामा भने अस्पतालमा भर्ना हुने संक्रमित बढेका छन् । जसमा २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
त्यस्तै १२ जना आईसीयूमा तथा ३ जना भेन्टिलेटरमा रहेका छन् । बिहीबार थप कसैको ज्यान गएको छैन ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता ज्योति रानाभाट भोलिदेखि सत्याग्रहमा
बुधबार, साउन १३, २०८३
आहारपूरकलाई औषधिको दायरामा राख्ने प्रस्तावप्रति व्यवसायीको आपत्ति
मंगलबार, साउन १२, २०८३ट्रेन्डिङ
२
