
जनस्वास्थ्य सरोकार, नयाँ दिल्ली । भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ। पछिल्लो २४ घन्टामा मात्रै कोरोनाबाट २९ जनाले ज्यान गुमाएका छन्। सोही समयमा ११ हजार बढि मानिसमा संक्रमण पुष्टि भएको छ।
मृत्यु हुनेमा सबैभन्दा केरला राज्यका हुन्। यहाँ कोरोनाबाट ९ जनाको मृत्यु भएको हो। भारतमा दैनिक संक्रमण दर ५।०१ प्रतिशत पुगेको छ। पछिल्लो २४ घन्टामा दिल्लीमा मात्रै १५२७ जनामा संक्रमण पुष्टि भएको छ भने दुईजनाको मृत्यु भएको छ। यहाँ प्रत्येक १०० बिरामीमा २८ जनामा संक्रमण देखिएको छ।
महाराष्ट्रमा १०८६ जना नयाँ बिरामी थपिएका छन्। यहाँ २४ घन्टामा १ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ५७०० पुगेको छ। यहाँ आज ९०९ जना कोरोनामुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ३९६२ पुगेको छ।
भारतमा कोरोनाको नयाँ भेरियन्ट एक्सबीबी डट वान डट सिक्स्टिन संक्रमण फैलिरहेको पाइएको छ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

