
जनस्वास्थ्य सरोकार, काठमाडौं । पछिल्लो एक सातायता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरको अनुसार काठमाडौं विश्वकै प्रदूषित सहरहरुको सूचीको चौथो स्थानमा रहेको छ ।
एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक भएको बुझिन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।
अहिले काठमाडौंको एक्यूआइ १८५ रहेको छ । आइतबार सूचीको पहिलो स्थानमा एक्यूआइ २३० सहित थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । यस्तै दोस्रो स्थानमा बंगलादेशको ढाका सहर छ । तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा काठमाडौं र पाँचौ नम्बरमा थाइल्याण्डको बैंकक रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले देशभर डढेलोको कारण वायु प्रदुषण बढेको बताएको छ । यो मौसमले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पार्ने भएकाले मर्निङ वाक नगर्न र मास्कको अनिवार्य प्रयोग गर्न जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

