
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका भरियाहरुको (श्रमिक) नि:शुल्क स्वास्थ्य परीक्षण गरिने भएको छ ।
पी रविनहुड फाउन्डेसन (युएसए) र एक एक पाईला फाउन्डेसनको संयुक्त सहकार्यमा निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याइएको हो । सुरुवाती चरण १५० जना भरियाहरुलाई समेटेर २०८० वैशाख ३ गतेदेखि लागुहुनेगरी कार्यक्रम सञ्चालनमा ल्याइएको छ ।
निशुल्क स्वास्थ्य शिविरमा आँखा रोग सेवा, जनरल मेडिसिन, छाला रोग सेवा, छाति तथा फोक्सो रोग सेवा, नाक कान घाँटी सेवा, स्त्री तथा प्रसुती रोग सेवा, दाँत रोग सेवा, सामान्य शल्यक्रिया सेवा, कलेजो रोग सेवा, हाड तथा जोर्नी रोग सेवा, बाल रोग सेवा, प्याथलोजी सेवा, रेडियोलोजी सेवा र फार्मेसी सेवा उपलब्ध हुने जनाइएको छ ।
भरियाहरुलाई श्रमिक स्वास्थ्य कार्ड उपलब्ध गराई थापाथली स्थित एक एक पाईला सामुदायिक स्वास्थ्य केन्द्र मार्फत निशुल्क स्वास्थ्य सेवा प्रदान गरिने आयोजकले जनाएको छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

