
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप १०४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको निधन भएको हो ।
१ हजार ६ सय ३२ नमुनामध्ये ५७१ जनाको पीसीआर परीक्षणण गर्दा ६३ जनामा कोरोना देखिएको थियो । यस्तै, १ हजार ६१ जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जना देखिएको थियो । पीसीआर र एन्टीजेन दुवै परीक्ष गर्दा कूल १०४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको हो ।
मन्त्रालयका अनुसार कोरोनाको सक्रिय संक्रमितको संख्या ३७९ पुगेको छ । हाल संस्थागत आइशोलेशनमा ३४ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेको पनि मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

