
जनस्वास्थ्य सरोकार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको विकट महाभारत गाउँपालिका वडा नम्बर ५ बाट आज एक जना गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।
जिल्लाको बुढाखानी बर्थिङ सेन्टरमा प्रसूति गराउन नसकिने भएपछि २० वर्षीय गर्भवती सुमिका घलानलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो । घलानलाई आजै मात्र बुढाखानी बर्थिङ सेन्टरमा भर्ना गरिएको थियो ।
निरन्तर रगत बगिरहेका कारण बर्थिङ सेन्टरमा उपचार सम्भव नभएपछि हेलिकप्टरमार्फत सुमिकाको उद्धार गरिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो ।
गर्भवती घलानलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत निःशुल्क हेलिकप्टर मार्फत उद्धार गरिएको बताइएको छ । यो कार्यक्रम अन्तर्गत उद्धार गरिएका महिलाको उपचार थापाथली स्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ ।
महाभारत गाउँपालिकाबाट यसअघि सुत्केरी र गर्भवती गरी ८ जना महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
