
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।
छातीमा संक्रमण देखिएको पौडेललाई थप उपचारका लागि श्री एयरको विमानमार्फत नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स) लगिएको हो ।
उहाँका साथमा चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली भारत प्रस्थान गर्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री एनपी साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थल पुगेर विदाई गर्नुभएको थियो । राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो।
गत साता उहाँले त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराउनुभएको थियो । सोमबार ‘फलोअप’का लागि जानुभएका पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३ट्रेन्डिङ


