
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।
छातीमा संक्रमण देखिएको पौडेललाई थप उपचारका लागि श्री एयरको विमानमार्फत नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट आफ मेडिकल साइन्सेस (एम्स) लगिएको हो ।
उहाँका साथमा चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली भारत प्रस्थान गर्नुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री एनपी साउद र गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थल पुगेर विदाई गर्नुभएको थियो । राष्ट्रपति पौडेलको स्वास्थ्यमा एकसातादेखि समस्या देखिएको हो।
गत साता उहाँले त्रिवि शिक्षण अस्पतालमा तीन दिन भर्ना भएर उपचार गराउनुभएको थियो । सोमबार ‘फलोअप’का लागि जानुभएका पौडेलको छातीमा जमेको पानी निकालेर परीक्षण गर्दा संक्रमण भएको पाइएको थियो।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ


