
जनस्वास्थ्य सरोकार,काठमाडौँ । छाला, यौनरोग तथा कपाल प्रत्यारोपन विशेषज्ञ डाक्टर प्रशन्न कुमार झा भारतको विश्वप्रसिद्ध इन्डियन डर्माटोलोजी अनलाईन जर्नल आईडोजको पेपर रिभ्युअरमा छनौट हुनुभएको छ ।
एकेडेमिक स्तर राम्रो भएका डाक्टर झाको आर्टिकलहरु रिभ्युको लागि शैक्षिक उत्कृष्टता र विवेकको सम्मान गर्ने भन्दै रिभ्युअरहरुको टोलीमा सामेल हुन आमन्त्रित गरेको आईडोजले पठाएको पत्रमा उल्लेख छ । जर्नलका एडिटर इन चिफ प्रोफेसर डाक्टर के ए सीतारामले पत्र लेख्दै उनलाई अनुरोध गरेका हुन । नेपालबाट छनौट हुने उहाँ पहिलो डाक्टर हुनुहुन्छ ।
डाक्टर झाले काठमाडौं मेडिकल कलेज (केएमसी) बाट एमबीबीएस , भारतको प्रसिद्ध वनारस हिन्दू विश्वविद्यालय (बीएचयू) बाट क्लिनिकल डर्माटोलोजीमा तीन वर्षे एमडी र जर्मनीको ‘फेलोसिप इन एस्थेटिक मेडिसिन’ (फाम) को कोर्स पुरा गरेका छन । उहाँका विश्वका विभिन्न प्रसिद्ध जर्नलमा १० वटाभन्दा बढी आर्टिकल प्रकाशित भैसकेका छन ।
उहाँ ईन्डियन सोसाईटी अफ एस्थेटिक मेडिसिन र ईन्डियन इन्स्टिट्यूट अफ लेजर एण्ड एस्थेटिक मेडिसिनका आजीवन सदस्य समेत हुनुहुन्छ ।
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
