जनस्वास्थ्य सरोकार, ललितपुर । क्लिनिकल प्याथोलोजिष्टहरुको १० औं राष्ट्रिय सम्मेलन ललितपुरमा सम्पन्न भएको छ । एसोसिएसन अफ क्लिनिकल प्याथोलोजिष्ट अफ नेपाल (एसिपिएन) को आयोजनामा ललितपुरको हिमायलन होटलमा बिहीबारदेखि ३ दिनसम्म भएको सो सम्मेलन शनिवार सम्पन्न भएको हो ।

प्याथोलोजीमा भएको नयाँ एड्भान्सेस परीक्षणहरुले क्यान्सरको उपचारमा कसरी सहयोग पुर्याइरहेको छ ? क्यान्सर व्यवस्थापनमा यो किन आवश्यकताछ ? भन्ने उद्देश्यले तीन दिनको राष्ट्रिय सम्मेलन आयोजना गरिएको एसिपिएनकी अध्यक्ष एवं राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक वरिष्ठ प्याथोलोजिष्ट डा. रुना झाले बताउनुभयो ।

क्यान्सर पहिचानमा माइक्रोस्पिक परीक्षण मात्र नभएर जेनेटिक्स मोलिक्युलरलगायत धेरै एड्भान्स्ड परीक्षणहरु आइसकेका छन् । एउटै क्यान्सरमा पनि सबै व्यक्तिको उपचार एउटै हुँदैन । क्यान्सरको उपचार व्यक्तिपिच्छे फरक हुन्छ । अन्तर्राष्ट्रिय जगतमा एड्भान्सड परीक्षण गरिरहँदा हाम्रो देश भने अझै पछि छ । डा. झा भन्नुहुन्छ— ‘मुलुकमा क्यान्सरको एड्भान्सड परीक्षण नहुँदा देशका क्यान्सर बिरामीहरुको राम्रोसँग उपचार हुन सकेको छैन ।’

हरेक क्यान्सर फोरमहरुमा कुरा हुँदा औषधि एवं थेरापीको पाटोबाट मात्र कुरा हुने गरेको पाइन्छ । एड्भान्सड परीक्षण नहुँदा क्यान्सरका बिरामीहरुको अधुरो उपचार भइरहेको डा. झाले स्पष्ट पार्नुभयो ।

यसरबारे जानकारी लिन सम्मेलनमा देशभरका करिब २६० प्याथालोजिष्टहरुको सहभागिता रहेको थियो । यसमा ९३ कार्यपत्र र ५७ वटा प्रोष्टर प्रस्तुत गरिएको थियो । सम्मेलनमा प्यानल डिस्कसन पनि गरिएको थियो ।

सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद प्रा.डा. चन्दा कार्कीले प्याथोलोजी क्षेत्रमा भएका विकृति र विसंगतीबारे संसदमा आवाज उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

हरेक राष्ट्रिय सम्मेलनमा एकजना सिनियर प्याथोलोजिष्टलाई सम्मान गरिदै आएकोमा यसपाली वरिष्ठ प्याथोलोजिष्ट प्रा.डा. इश्वर लाल श्रेष्ठले सम्मान प्राप्त गर्नुभएको छ । डा. श्रेष्ठले ४३ वर्षदेखि प्याथोलोजीमा सेवा गर्दै आउनुभएको छ ।




जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

