जनस्वास्थ्य सरोकार, काठमाडौं । के तपाईं भरिया हुनुहुन्छ ? यदि हुनुहुन्छ भने काठमाडौं महानगरपालिका भित्रका भरियाहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण सेवा सञ्चालनमा ल्याइएको छ ।

पी रबिनहूड फाउन्डेसन युएसएको आर्थिक सहयोग र एक एक पाइला फाउन्डेसनको संयुक्त सहकार्यमा सो सेवा सञ्चालनमा ल्याइएको हो ।
महानगरपालिकाभित्रका भरियाहरूले आँखा, जनरल मेडिसिन, छाला रोग, छाति तथा फोक्सोसम्बन्धि रोग, नाक, कान घाँटी रोग, स्त्री तथा प्रशुति रोग, दाँत रोग, सामान्य शल्यक्रिया सेवा, कलेजो रोग, हाड तथा जोर्नी समस्या, बाल रोग, प्याथोलोजी सेवा, रेडियोलोजी सेवा र औषधि निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

श्रमिक स्वास्थ्य कार्ड उपलब्ध गराई काठमाडौंको थापाथलीस्थित एक एक पाइला समुदायिक स्वास्थ्य केन्द्रमा भरियाहरूले उल्लेखित सेवा निःशुल्क लिन सक्ने फाउन्डेसनकी स्मृति शर्मा तिवारीले बताउनुभयो ।
शुरुवातीमा १ सय ५० जना श्रमिक भरियाहरूलाई समेटिएको छ ।




चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

