जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व औलो दिवस २०२३ । विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्ष अप्रिल २५ मा यो दिवस मनाउने गरिन्छ । ‘‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने मुख्य नारासहित नेपालमा पनि यो दिवस मनाइँदै छ । यस अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।

औलोको गम्भीरता र यसबाट बच्ने उपायबारे जनचेतना जगाउन विश्वभर सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो ।
नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । सो लक्ष्य पूरा गर्न स्वास्थ्य मन्त्रालयले स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने लक्ष्य निर्धारण गरेको उल्लेख छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहाल औलो रोग निवारण गर्न आयातित औलो चुनौतीका रूपमा देखिएको बताउनुहुन्छ । परीक्षणको अभाव , भारतसँगको खुला सिमाना र भौगोलिक विकटता औलो निवारणमा चुनौती थपिएको छ ।
औलो संक्रमित पोथी एनोफिलिस लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । औलोका बच्चाहरूको लागि घातक हुनसक्छ । औलोका केही सामान्य लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, चिसो लाग्ने, थकान, चक्कर लाग्ने र पेट दुख्ने हुन् ।
औलोको उपचारमा सामान्यतया करिब दुई सातासम्म औषधि खानुपर्छ । रोगलाई बेवास्ता गर्नु घातक हुन सक्छ ।
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्सको नयाँ नेतृत्व चयन, प्रा.डा. राजिव झा अध्यक्ष
आइतबार, मंसिर १४, २०८२
