जनस्वास्थ्य सरोकार, काठमाडौं । आज विश्व औलो दिवस २०२३ । विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्ष अप्रिल २५ मा यो दिवस मनाउने गरिन्छ । ‘‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने मुख्य नारासहित नेपालमा पनि यो दिवस मनाइँदै छ । यस अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।

औलोको गम्भीरता र यसबाट बच्ने उपायबारे जनचेतना जगाउन विश्वभर सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो ।
नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । सो लक्ष्य पूरा गर्न स्वास्थ्य मन्त्रालयले स्थानीय औलोका बिरामी र औलोबाट हुने मृत्युलाई शून्यमा झार्ने लक्ष्य निर्धारण गरेको उल्लेख छ ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहाल औलो रोग निवारण गर्न आयातित औलो चुनौतीका रूपमा देखिएको बताउनुहुन्छ । परीक्षणको अभाव , भारतसँगको खुला सिमाना र भौगोलिक विकटता औलो निवारणमा चुनौती थपिएको छ ।
औलो संक्रमित पोथी एनोफिलिस लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । औलोका बच्चाहरूको लागि घातक हुनसक्छ । औलोका केही सामान्य लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, चिसो लाग्ने, थकान, चक्कर लाग्ने र पेट दुख्ने हुन् ।
औलोको उपचारमा सामान्यतया करिब दुई सातासम्म औषधि खानुपर्छ । रोगलाई बेवास्ता गर्नु घातक हुन सक्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

