
जनस्वास्थ्य सरोकार, रामेछाप । रामेछापको खाँडादेवीकी बालकुमारी खड्काले छोरा गणेशकुमार खड्काको दुबै मिर्गौलाले काम गर्न छाडेपछि उपचार सहयोगका लागि अपिल गर्नुभएको छ ।
मिर्गौला दान गर्न कान्छी छोरी तयार भए पनि धरौटी र उपचार खर्च अभाव भएको उल्लेख गर्दै बालकुमारीले सहयोगका लागि सबैमा आग्रह गर्नुभएको हो । डेढ वर्षदेखि गणेशकुमारका दुबै मिर्गौलाले काम गर्न छाडेको छ । हाल उहाँ काठमाडौँमा उपचाररत हुनुहुन्छ ।
“छोरा गणेशको प्राण बचाउन दुवै मिर्गौला फेर्नुपर्ने भएको छ । मेरी कान्छी छोरी मिर्गौला दान दिन तयार छिन् । तर धरौटी राख्न रु पाँच लाख अझै जुट्न सकेको छैन”, उहाँले भन्नुभयो ।
बाइस वर्षीय छोरालाई सक्दो सहयोगका लागि ९८६९२७५८०१ नम्बरमा सम्पर्क गर्न तथा गणेशको नाममा लक्ष्मी बैँकको बनेपा शाखामा रहेको खाता नं ००३२०१५९७१२ मा सहयोगका लागि बालकुमारीले अपिल गनुृभएको छ । रासस
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

