
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरसबाट बिहीबार थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक जनाको मृत्यु भएको हो ।
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २९ पुगेको छ । त्यस्तै १११ संक्रमित थपिएका छन् । १ हजार ४० जनाको पीसीआर परीक्षणबाट ७८ तथा १ हजार ४७७ जनाको एन्टिजेन परीक्षणबाट ३३ संक्रमित थपिएका हुन् ।
हाल सक्रिय संक्रमित पीसीआर परीक्षणबाट बढेर ३७८ पुगेका छन् । जसमा काठमाडौं उपत्यकामा १८ जना संस्थागत आइसोलेसनमा, ६ जना आईसीयूमा तथा १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
६० जनामात्र संक्रमणमुक्त भएका छन् । खोप लगाउनेको संख्या १३ हजार ९८७ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

