
जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान सुरु हुने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको पहलमा आज बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकको निर्णयअनुसार नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकाका लागि दुई दिन विशेष खोप कार्यक्रम गर्ने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यसअघि विभिन्न कारणले खोप लगाउन छुटेका सबै बालबालिकालाई दुई दिनको विशेष अभियानमा समेट्न जिल्लाका सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।
विशेष खोप कार्यक्रमका लागि पाटन अस्पतालले दुई दिन नै विशेष बुथ राख्ने स्वास्थ्य कार्यालयका अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिनुभयो ।
“बैठकले पूर्ण खोप कार्यक्रममा कोही छुट्न नदिन पोष्टर, ब्यानर सवारी साधनमा राखेर प्रचार गर्ने व्यवस्था मिलाइएको छ, पालिकाका वार्ड स्वयंसेविकालाई प्रभावकारी ढङ्गले परिचालन गरेर पूर्ण खोप अभियान सम्पन्न गर्ने निर्णयअनुसार हामी अगाडि बढेका छौँ”, अधिकृत न्यौपानेले भन्नुभयो, “विगतमा खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाउन सबैको सहयोगको अपेक्षा राखेका छौँ, नयाँ ढङ्गले व्यवस्थित रूपमा कार्यक्रम गर्छौँ ।”
ललितपुर २०७४ वैशाख १४ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो । जिल्लामा पूर्ण खोप कार्यक्रमका लागि प्रत्येक वर्षको चैतभित्र स्वास्थ्यकर्मीले घरधुरी सर्वेक्षण गरेको न्यौपानेले जनाउनुभयो । खोप अभियान सफलतापूर्वक सम्पन्न गर्न जनप्रतिनिधि, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सेना, प्रहरी, बुद्धिजीवी लगायत सबै तहका व्यक्तिको साथ लिने उहाँले बताउनुभयो ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
