
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रणका लागि हप्तामा १० मिनेट सरसफाइ अभियान सञ्चालनमा ल्याउन आग्रह गरेको छ। मौसमभन्दा अगाडिदेखि नै संक्रमण देखिन थालेको र बढ्न सक्ने भन्दै नियन्त्रणका लागि हरेक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सरसफाइ अभियान चलाउन मन्त्रालयले आग्रह गरेको हो।
मन्त्रालयले सूचना जारी गर्दै प्रत्येक शुक्रबार बिहान साढे १० बजे १० मिनेट सबै सरकारी तथा सार्वजनिक कार्यालयले आफ्नो कार्यालय हाताभित्र र वरपर सरसफाइमा सबै कर्मचारीलाई सहभागी हुन आग्रह गरेको हो।
गत वर्ष नेपालमा डेंगु संक्रमण हालसम्मकै अत्यधिक भएको र यस वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने भन्दै मन्त्रालयले आमसर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायलाई सरसरफाइ अभियानमा सहभागी हुन आग्रह गरेको हो।
‘यस वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने सम्भावित मौसमपूर्व नै संक्रमण बढ्दै गरेको अवस्था छ । हामीले डेंगु संक्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्न र संक्रमित लामखुट्टेको टोकाइबाट बच्न बचाउन आवश्यक हुन्छ। त्यसैले हामी बस्ने र काम गर्ने स्थानमा लामखुट्टेले संक्रमण फैलाउने वातावरण बन्न नदिन सबै संवेदनशील बन्नुपर्ने हुन्छ,’ सूचनामा भनिएको छ ।
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
