
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिभिल अस्पताललाई नेपाल चीनबीचको गहिरो र घनिष्ट सम्बन्ध तथा आर्थिक सहयोगको प्रतिकको रुपमा लिनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौँमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पुरानो भवनका पुनर्निर्माणसहितको हस्तान्तरण समारोहमा बोल्नुहुँदै प्रचण्डले सो कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो–‘नेपाल चीनबीच मैत्रीपूर्ण, सोहार्दपूर्ण र सहयोगी सम्बन्धको लामो इतिहास छ । नेपाल र चीनबीचको आर्थिक, सास्कृतिक र जनताबीचको आदानप्रदानको इतिहास अनादिकालदेखि नै रहेको छ। मित्रता पारस्परिक सम्मान, समझदारी र एकअर्काको जायज चासो र संवेदनशीलताको कदरले हाम्रो असल छिमेकी सम्बन्धलाई आधार बनाउँछ । हाम्रा दुइ सरकार र जनताको हितमा यी सम्बन्धहरु बढ्दै र विस्तार हुँदै गएकोमा हामी खुशी छौँ ।’
धानमन्त्री दाहालले प्रविधि हस्तान्तरण र विशेष अस्पतालहरू विकास लगायतका स्वास्थ्य क्षेत्रका विषयहरूमा नेपाल र चीनबीच थप सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
निजामती अस्पतालले स्तरोन्नति परियोजना मार्फत पूर्वाधार र सुविधाको विस्तार र स्तरोन्नति गरी बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल सक्षम भएको प्रधानमन्त्री दाहालले उल्लेख गर्नुभयो ।
यसैबीच, चीनले ब्लड क्यान्सरको उपचारका लागि अस्पताललाई प्रविधि उपलब्ध गराउन सहमत भएको अस्पताल श्रोतले जनाएको छ ।
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
