
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किदै हुनुहुन्छ । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लाग्नुभएको हो ।
राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेका अनुसार उहाँ अस्पतालबाट सिधै विमानस्थलबाट काठमाडौँ आउने कार्यक्रम छ । उहाँले भन्नुभयो ‘आज राष्ट्रपतिज्यू स्वदेश फर्किनुहुन्छ । आज राति ८ बजे काठमाडौँ आइपुग्नुहुन्छ ।’
स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिएको थियो । उहाँलाई उच्च सुरक्षासहित एम्स पुर्याइएको थियो ।
उहाँको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न हुनुभएको थियो । शनिबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने जनाएको थियो ।
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
