
जनस्वास्थ्य सरोकार, सर्लाही । लालबन्दी नगरपालिकामा हालसम्म करिब अढाइ सय जना क्षयरोगी फेला परेका छन् । सत्र वडा रहेको सो नगरपालिकामा हालसम्म दुई सय ५४ क्षयरोगी फेला परेका नगर स्वास्थ्य शाखाका प्रमुख मुमताज मिक्रानीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगरपालिकामा गत आर्थिक वर्ष २०७८/७९ मा एक सय ५७ र चालु आव २०७९/८० को हालसम्म ९७ गरी दुई सय ५४ जना क्षयरोगका बिरामी फेला परेका हुन् । नगरभित्र क्षयरोगीका बिरामीको खोजतलास भइरहेको साथै हालसम्म फेला परेका क्षयरोगका बिरामीले नियमित औषधि सेवन गरिरहेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।
विशेषगरी नगरभित्रका दलित, गरिब एवम आर्थिक रूपमा विपन्न समुदायमा यो रोग बढी देखा परेको पाइएको नगर स्वास्थ्य शाखाका सह संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनुभयो । क्षयरोगमुक्त नगरपालिका घोषणा अभियानको सुरु गर्दै गरिएको कार्यक्रममा नगर स्वास्थ्य शाखाले नगरभित्र हालसम्म दुई सय ५४ जना मानिसमा क्षयरोग देखा परेको र अरु मानिसको पनि पहिचान गर्ने काम भइरहेको जनाएको छ ।
नेपाल सरकारले ल्याएको नीतिलाई स्थानीय तहका रुपमा नगरपालिकाले पनि अवलम्बन गरेको र नगरभित्र हाल रहेका क्षयरोगीलाई नियमित औषध सेवन गर्न आग्रह गर्दै अरु क्षयरोगीको पहिचान गर्ने काम पनि गरिरहेको नगर प्रमुख वासुदेव अधिकारीले बताउनुभयो ।
उहाँले नगरपालिकालाई क्षयरोगमुक्त बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । वर्तमान अवस्थामा क्षयरोग कम चर्चाको रुपमा हेरिएको भए पनि क्षयरोग एकदम जर्जर अवस्थामा रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । रासस
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

