
जनस्वास्थ्य सरोकार, काठमाडौं । चिकित्सकहरूको परामर्श शुल्क जेठ १ गतेदेखि लागू हुनेगरी १४ प्रतिशतले बृद्धि गरिएको छ ।
स्वास्थ्य मन्त्रालयको समन्वयमा प्राइभेट हेल्थ इन्स्टिच्युएसन अफ नेपाल (अफिन), नेपाल चिकित्सक संघ (एनएमए), नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरूको संयुक्त सहमतिमा शुल्क बढाइएको हो ।
स्वास्थ्य मन्त्रालयले नेपाल राष्ट्र बैंकको मुद्रास्फीतिका आधारमा प्रत्येक २/२ वर्षमा शुल्क पुनरावलोकन गर्ने अधिकार २०७८ भदौ ३० मा नै दिइएको आधारमा शुल्क बढाइएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले जानकारी दिनुभयो ।
अनुभव तथा योग्यताका आधारमा तोकिएको नयाँ ओपिडी शुल्क न्यूनतम रू.४ सय २० देखि बढीमा रू ९ सय ४० सम्म कायम गरिएको छ । अब एमबीबीएस तथा बीडीएस गरी ५ वर्षसम्म अनुभव भएकाहरूले ४२० र त्यसभन्दा बढी अनुभव भएकाहरूले रू. ५ सय १५ लिन पाउनेछन् ।
यस्तै, एमडी एमएसको योग्यता भई पाँच वर्षसम्म अनुभव भएकाहरूले रू.७५० र त्यसभन्दा बढी अनुभव भएकाहरूले रू.८ सय लिनेछन् । डीएम एमसीएच गरी पाँच वर्षसम्म अनुभव भएकाहरूले रू.८ सय ८० र त्यसभन्दा बढी अनुभव भएकाहरूले रू.९ सय ४० परामर्श शुल्क लिन पाउने छन् ।
एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युएसन अफ नेपाल (अफिन) का अध्यक्ष डा. पदम खड्काले नियम संगत शुल्क वृद्धि भएको बताउनुभयो । यसअघि २०७७ मा चिकित्सकहरुको परामर्श शुल्क पुनरावलोकन गरिएको थियो ।
बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
