
जनस्वास्थ्य सरोकार, काठमाडौँ । शनिवार अपराह्न मृत अवस्थामा भेटिएकी युवती अनुमा श्रेष्ठका प्रेमी भनिएका सुजन ढकाललाई प्रहरीले पक्राउ गरेको छ ।
विवाह गर्न अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै अनुमाको परिवारले प्रेमी ढकाल तथा उनका बुवाविरुद्ध प्रहरी वृत्त बालाजुमा आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए ।
अदालतले दुई जनाविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले सुजनका बुवालाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान थालिने बताउनुभयो ।
लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै वीर अस्पतालमा कार्यरत ३४ वर्षीय अनुमाले शनिवार प्रेमी सुजनको बोहोराटारस्थित घरमा पुगेर आत्महत्या गरेकी थिइन् ।
मृतककी काकी सिर्जना श्रेष्ठका अनुसार अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि प्रेमी सुजन र उनका बुवाले विवाहका लागि अस्वीकार गरेका थिए । पेशाले अनुमा स्टाफ नर्स हुन् भने सुजन डाक्टर हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
