जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट बच्न सूर्ती तथा सूर्तिजन्य प्रदार्थको सेवन नगर्न आग्रह गरेको छ।

सूर्तीजन्य पदार्थको सेवनले रोगप्रतिरोधात्मक क्षमतामा असर गरी संक्रमण हुने सम्भावना भएको भन्दै सूर्ती तथा सूर्तिजन्य पदार्थको सेवन नगर्न मन्त्रालयले आग्रह गरेको हो।
मन्त्रालयका अनुसार, सूर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औलाले छुनुपर्ने हुँदा कोरोना संक्रमण सजिलै सर्नेबढी सम्भावना रहन्छ ।
साथै सूर्तीजन्य पदार्थ एक आपसमा साटासाट गरी सेवन गर्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्न सम्भावना बढी हुने मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसले फोक्सोलाई क्षति पुर्याउने हुँदा सूर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकोले थप जटित निम्त्याउने मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ।
धूम्रपानले फोक्सोको क्यान्सर निम्त्याउने सम्भावना २२ गुणले बढाउने चिकित्सकहरुले चेतावनी दिँदै आएका छन् ।
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
ठूला स्तनका कारण महिलाहरूले कस्ता समस्याहरूको सामना गर्छन् ?
शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा स्वास्थ्यको होडः कागजमै सीमित नहोस् स्वास्थ्यका सपना
बिहीबार, फागुन ७, २०८२
विश्व क्यान्सर दिवसमा भक्तपुर क्यान्सर अस्पतालको जनचेतना र क्यान्सर जाँच अभियान
बुधबार, माघ २१, २०८२
