जनस्वास्थ्य सरोकार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमणबाट बच्न सूर्ती तथा सूर्तिजन्य प्रदार्थको सेवन नगर्न आग्रह गरेको छ।

सूर्तीजन्य पदार्थको सेवनले रोगप्रतिरोधात्मक क्षमतामा असर गरी संक्रमण हुने सम्भावना भएको भन्दै सूर्ती तथा सूर्तिजन्य पदार्थको सेवन नगर्न मन्त्रालयले आग्रह गरेको हो।
मन्त्रालयका अनुसार, सूर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औलाले छुनुपर्ने हुँदा कोरोना संक्रमण सजिलै सर्नेबढी सम्भावना रहन्छ ।
साथै सूर्तीजन्य पदार्थ एक आपसमा साटासाट गरी सेवन गर्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण सर्न सम्भावना बढी हुने मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसले फोक्सोलाई क्षति पुर्याउने हुँदा सूर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकोले थप जटित निम्त्याउने मन्त्रालयले निकालेको सूचनामा उल्लेख छ।
धूम्रपानले फोक्सोको क्यान्सर निम्त्याउने सम्भावना २२ गुणले बढाउने चिकित्सकहरुले चेतावनी दिँदै आएका छन् ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
