
जनस्वास्थ्य सरोकार, काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेत पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई शपथ गराउनुभएको हो ।
पदभार सम्हाल्नु हुँदै स्वास्थ्यमन्त्री बस्नेतले आम नागरिकको स्वास्थ्य उपचार सेवालाई सरलीकृत गर्ने र उपलब्ध साधन श्रोतलाई अधिकतम उपयोग गरी जनताको स्वास्थ्य सेवा प्राप्त गर्ने आधारभूत मानव अधिकारलाई सुनिश्चित गर्ने बताउनुभयो ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उहाँलाई बुधबार स्वास्थ्य मन्त्री पदमा नियुक्त गर्नुभएको हो । स्वास्थ्य मन्त्री बस्नेत नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ ।
शपथ समारोहमा अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री दाहाल, सभामुख देवराज घिमिरे, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी कर्मचारीलगायतको सहभागिता थियो ।
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
