
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालका कन्सल्ट्यान्ट युरोलोजिष्ट डा.अनिल शाह बंगलादेशको राष्ट्रपतिबाट सम्मानित हुनुभएको छ ।
डा. शाहलाई बंगलादेशका राष्ट्रपति मोहम्मद सहबुद्दीनले सर्वाेकृष्ट विद्यार्थी सम्मानार्थ ‘द प्रेसिडेन्ट (चान्सलर) तथा एकसेलेंसी’ स्वर्ण पदकबाट सम्मान गर्नुभएको हो ।
डा. शाहले सन् २०१४ मा बंगलादेशको चट्टोग्रामस्थित युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चिटागोंगमाबाट एमबीबीएस ग्राजुएट तर्फ सर्वाधिक प्राप्तांक ल्याउनुभएको थियो ।

विश्वविद्यालयले गएको मे ३ तारिखमा राजधानी ढाकास्थित बंगबोंधु इन्टरनेसनल कन्फेरेन्स सेन्टरमा पाँचौ दिक्षान्त समारोह आयोजना गरेको थियो ।
उक्त समारोहमा विश्वविद्यालयले सन् २०११ देखि २०२२ सम्म विभिन्न बिषयमा ग्राजुएट भएका ८ हजार ९ सय ७५ छात्रछात्राहरुलाई दीक्षित गरेको थियो । ति मध्ये ३ हजार ४० जना एमबीबीएस ग्राजुएट थिए ।
उक्त समारोहमा सार्कका बिभिन्न मुलुकका प्रतिनिधि, रिपब्लिक बंगलादेशका शिक्षा मन्त्री मोहिबुल हसन चौधरी र विभिन्न विश्व बिद्यालयका प्रतिनिधिहरु उपस्थिति रहेको थियो ।
नेपालबाट बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनका लागि जाने विद्यार्थीहरुको पहिलो रोजाईमा युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी चिटागोंग पर्ने गर्दछ । हालसम्म यस विश्वविद्यालयबाट १ हजार भन्दा बढी नेपाली विद्यार्थीले एमबीबीएस अध्ययन गरिसकेका छन ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

