
जनस्वास्थ्य सरोकार, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले एचआइभी–एड्स संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ।
काठमाडौंमा आयोजित एचआइभी–एड्स संक्रमितहरूको मानव अधिकारको सम्बन्धमा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले एचआइभी–एड्स संक्रमितलाई विभेदपूर्ण व्यवहार नगर्न आग्रह गर्नुभएको छ ।
उहाँले आयोगले विभिन्न क्षेत्रमा गरेको अध्ययन अनुसार एचआइभी संक्रमितहरूले सरकारी तथा सार्वजनिक निकायहरूमार्फत् विभेद भोगिरहेको पाइएको बताउनुभयो ।
उहाँले विभेदमा परेकाहरूले प्रहरीमा उजुरी गर्न आग्रह पनि गर्नुभयो । प्रहरीले नहेरेको खण्डमा मानव अधिकार आयोगमा उजुरी गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
उहाँले एचआइभी संक्रमितलाई परिवार, समुदाय र विद्यालयहरूमा मात्रै नभई राजनीतिक क्षेत्रमा पनि विभेद हुने गरेको उल्लेख गर्नुभयो ।
त्यसैगरी, कार्यक्रममा बोल्दै नेपाल प्रहरीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले कसैले भेदभाव गरेको भए पीडितलाई प्रहरीकहाँ उजुरी गर्न आग्रह गर्नुभयो ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

