जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको महाराजगञ्ज पानीपोखरीमा करिब १ सय २५ जना डाक्टरहरुको १५ करोड रुपियाँ लगानीमा अत्याधुनिक शुक्रा डायग्नोष्टिक सेन्टर सञ्चालनमा ल्याइएको छ ।

यो सुपरस्पेशियालिटी ल्याव हो । हाउस अफ डायग्नोष्टिक्स एण्ड वेलनेस सेन्टरको रुपमा सञ्चालन हुने यो सेन्टरले गुणस्तरीय परिणामलाई महत्वमा राखेको छ ।
क्वालिटी र एक्युरेसीलाई केन्द्रित गरेको र सबै नमुनाहरु स्वदेशमा नै गर्न सकियोस् भन्ने ल्यावको उद्देश्य रहेको शुक्राकी अध्यक्ष वरिष्ठ प्याथोलोजिष्ट प्रा.डा. ममता लाखेले बताउनुभयो ।
यहाँ वायोकेमेष्ट्रि, प्याथोलोजी र माइक्रोबायोलोजीका साथै स्क्रिनिङसम्बन्धि वेलनेस प्याकेजहरु पनि सञ्चालन हुने छन् । होलिष्टिक एप्रोचमा जाने र ओपिडीमा सुपरस्पेशियालिटी डाक्टरहरुबाट सेवा उपलब्ध गराउने उहाँले स्पष्ट पार्नुभयो ।
यहाँ वाथ, इन्डोक्राइनोलोजी, मुटु, अर्थोपेडिक, स्त्री तथा प्रशुति, वाल रोगलगायतका सेवाहरु प्राप्त गर्न सकिने छ ।
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३

