
जनस्वास्थ्य सरकोकार, काठमाडौँ । दन्त चिकित्सकहरुको छाता संगठन नेपाल डेन्टल एसोसिएसनको १५ कार्यकारिणी समितिले पूर्णता पाएको छ ।
शनिबार उपत्यकामा भएको निर्वाचन पछि समितिले पूर्णता पाएको हो । यसअघि काठमाडौं उपत्यका बाहिर वैशाख १६ मा निर्वाचन भएको थियो ।
समितिको अध्यक्षमा डा. प्रणय रत्न शाक्य र महासचिवमा डा. विश्व प्रकाश ठाकुर यसअघि नैनिर्विरोध निर्वाचित भएका थिए । डा ठाकुर यस अघिको कार्यकालमा पनि सहसचिवमा निर्विरोध चयन हुनुभएको थियो ।
सो बाहेक अन्य पदहरुका लागि भने निर्वाचन भएको हो । शनिबार सम्पन्न निर्वाचन मार्फत उपाध्यक्षमा डा रोशन चौधरी, कोषाध्यक्षमा डा. बिधान श्रेष्ठ, सहसचिवमा डा. हरि ओली, सदस्यहरुमा विप्लव अधिकारी, डा. दिपक शर्मा, डा निरज ढ्या निर्वाचित हुनुभएको छ ।
डेन्टल एसोसिएसनमा २१ सय भन्दा बढी दन्त चिकित्सक सदस्य छन्
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३
कलेजोमा समस्या हुँदा शरीरले देखाउँछ यस्ता संकेत
मंगलबार, भदौ २, २०८३
ग्लोबल फण्डको पिआरमा युएनडिपी नै किन ? घट्दो अनुदानमा ‘निरन्तरता’ कि ‘नयाँ संरचना’
सोमबार, साउन २५, २०८३ट्रेन्डिङ

