
जनस्वास्थ्य सरोकार, काठमाडौँ । रोटरी क्लब अफ धनगढीले सेती प्रादेशिक अस्पताललाई अत्याधुनिक ‘क’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरेको छ ।
रोटरी क्लब अफ धनगढीका अध्यक्ष ठेकेद्रराज जोशीले प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेयलाई जापानमा निर्मित ल्याण्डक्रुज कम्पनीको ‘क’ वर्गको एम्बुलेन्स हस्तान्तरण गर्नुभयो ।
एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले एम्बुलेन्सले उपचारमा सहज हुने बताउँदै मानवीय सेवामा कार्य गरेको भन्दै क्लबलाई धन्यवाद दिनुभयो ।
यस्तै धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालको विगतदेखि नै क्लबले गरेको कामको उच्च मूल्यांकन गर्दै एम्बुलेन्स प्रदान गरेकामा प्रशंसा व्यक्त गर्नुभयो ।
रोटरी क्लबको ग्लोबल ग्र्याण्ड अन्तरगतको उक्त एम्बुलेन्स प्रोजेक्टका संयोजक तथा क्लबका पूर्व अध्यक्ष हरिशंकर ठाकुरले भन्सार छुट गरेर करिब १ करोड ३५ लाखको लागतमा एम्बुलेन्स खरिद गरी प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्न पाउँदा आफू निकै हर्षित भएको बताउनुभयो । उहाँले सम्पूर्ण सहयोगी दाताहरूलाई धन्यवाद समेत दिनुभयो ।
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३
अधिकार क्षेत्रको विवादबीच मेडिकल काउन्सिलको कानुनी तर्क
बिहीबार, असार १८, २०८३
लायन्स क्लब अफ काठमाण्डौ रेडिएन्स डक्टर्सको अध्यक्षमा बालरोग विशेषज्ञ डा रेश्मा लामिछाने
बुधबार, असार १७, २०८३
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
