जनस्वास्थ्य सरोकार, बुटवल । करिब चार सय जनाको स्वास्थ्य परीक्षण गर्दा ३० प्रतिशतमा ट्राइग्लेरेसाइड (रगतमा चिल्लो पदार्थ) उच्च रहेको पाइएको छ ।

तिलोत्तमा—१ शंकर नगरमा रहेको दिपज्योती बचत तथा ऋण सहकारी संस्थाका शेयर सदस्यहरूमा सो समस्या देखिएको हो ।
सहकारीको आयोजना र केन सेन्टरको प्राविधिक सहयोगमा भएको ३ दिनको निःशुल्क शिविरमा २ प्रतिशतमा मधुमेह, १७ प्रतिशतमा मिर्गौलाबाट उच्च प्रोटिन निस्कने, २० प्रतिशतमा कलेजोमा समस्या भएको पाइएको छ ।
सो अवसरमा निःशुल्क रगत र पिसाको परीक्षण गरिएको थियो ।
केनका अध्यक्ष दिनेश कक्षपतिले समाजमा उच्च समस्याका रूपमा देखापरेको सुगर , मुटु , कलेजो र मिर्गौलाको समस्यालाई बेलामै पत्ता लगाई जीवनशैली सुधार गरेमा समस्याबाट जोगिन सकिने स्पष्ट पार्नुभयो ।

समस्या देखिएकाहरूलाई स्वस्थ्य जीवनशैली र खानपासनसम्बन्धि ३ दिनको परामर्श सेवा पनि सञ्चालन गरिँदै छ ।
‘बचत सँगै स्वास्थ पनि’ भन्ने नाराका साथ भएको सो कार्यक्रमको उद्घाटन तिलोत्तमा नगरपालिका वार्ड नं—१ का अध्यक्ष परशुराम गिरीले गर्नुभएको थियो ।
समापन कार्यक्रममा तिलोत्तमा नगरपालिका २ का निवर्तमान वडा अध्यक्ष एवं दीपज्योति बचत तथा ऋण सहकारीका वरिष्ठ सल्लाहकार दधिराम गौतमले आतिथ्यता ग्रहण गर्नुभएको थियो ।

सहकारीका अध्यक्ष हुमनाथ पाण्डेले रोगबारे सचेत रहन सहकारीका शेयर सदस्यहरूलाई आग्रह गर्नुभयो । सहकारीको स्वास्थ समिति संयोजक झुम प्रसाद थापा, दिपेन्द्र पौडेल र गोविन्द श्रेष्ठको प्रयासमा कार्यक्रम भएको थियो ।
सो अवसरमा सहकारीका सल्लाहहकार जगननाथ कँडेलको पनि उपस्थिति रहेको थियो ।

बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
