जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले ५ वर्ष मुनिका देशभरका सबै बालबालिकालाई खोप लगाउन आव्हान गरेको छ । आज बृहत् खोप अभियानको आयोजना गरी सरकारले सो आव्हान गरेको हो । यसअघि वैशाख १५ गते नियमित खोप दिइएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशैभरीका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनु पर्ने नियमित खोप छुटेका ५ वर्ष मुनिका सबै बालबालिकालाई नियमित खोप दिईदैछ । मन्त्रालयले आज पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारको खोप दिँदै छ ।
जन्मने बित्तिकै लगाउने बिसिजी, ६ हप्तामा लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १० हप्ता भित्र लगाउने रोटा, पोलियो, पिसिभी, डिपिटी, र हेप बि हिब, १४ हप्ता भित्र लगाउनु पर्ने पोलियो, एफएईपिभी, हेप बि हिब, ९ महिना भित्र लगाउनु पर्ने, एफ आई, पिभि, पिसिभी, दादुरा रुबेला र १५ महिना भित्र लगाउनु पर्ने दादुरा–रुबेला र टाइफाइड जस्ता खोप अहिले लगाइँदै छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन भिडियो सन्देशमार्फत अभिभावकलाई आग्रह गर्नुभएको छ । ।

बेसिक स्यालरीको नाममा ठगी: नर्स आन्दोलनको ‘जित’ कि ‘जालझेल’?
आइतबार, चैत २२, २०८२
थाकेका हात, दबिएको आवाजः नर्सहरूमा ‘बर्नआउट’ बढ्दो चिन्ता
बुधबार, चैत १८, २०८२
मुस्कानसहित सेवा अनिवार्यः१४ बुँदे निर्णयले कर्मचारी अनुशासनमा ‘ब्रेकथ्रु’
बुधबार, चैत १८, २०८२
नर्सबाट स्वास्थ्य मन्त्रीः निशा मेहताको यात्राले खोलेको नयाँ अध्याय
शुक्रबार, चैत १३, २०८२
